अधिकृत बिक्रेता संघ पोखराले मनायो १९ औं स्थापना दिवस


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०८३ मा प्रकाशित




अधिकृत बिक्रेता संघ पोखराले १९ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

संघले शनिवार बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गऱ्यो । शिविरमा झण्डै तीनसय जनाले बिभिन्न रोगको स्वास्थ्य परिक्षण, दाँत सम्बन्धी रोगको उपचार, स्वास्थ्य परामर्श तथा विभिन्न रोगहरुको उपचार गरी लाभाम्वित भएका छन् । शिविरमा दाँत सम्बन्धी रोगको निशुल्क औषधी समेत वितरण गरिएको थियो ।मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, तथा अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टर, रानीपौवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको संघका अध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए । हरेक वर्ष संघले स्थापना दिवसका अवसरमा यस प्रकारको स्वास्थ्य संग सम्बन्धीत एवं जन सरोकारका कार्यक्रम गर्दै आएको पनि उनले जनाए ।

आगामी वर्षहरूमा पनि संघले आफ्ना सदस्य तथा समुदाय प्रति विशेष ध्यान दिदै बिभिन्न सामाजिक कार्यहरु गर्दै अगाडी बढ्ने अध्यक्ष पौडेलको प्रतिबद्धता थियो ।कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोबिन्दप्रसाद कर्माचार्य, पूर्व अध्यक्ष हरिराज पन्त, निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठ , संघका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार श्रेष्ठ , महासचिब राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक ज्ञानेन्द्रनाथ गौतम लगायतले संघ मार्फत आवद्ध सदस्य साथीहरु तथा समाजका हरेक वर्गलाई लाभान्वित हुने खालका सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएका थिए ।

संघले स्थापना दिवसका अवसरमा एक हप्तासम्म विविध खेलकुदहरू लगाएत सदस्य आवद्ध बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।