पर्वतको फलेवासका कृषक छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् ।
कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानी गरी सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बन्न सफल भएका छन् । पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुसी छन् ।
उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरेका छन् । पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरे । यसैगरी, उनले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गरे । आठ रोपनी क्षेत्रफलमा काक्रोखेती गरेका उनले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गर्दै आएका छन् । कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पु¥याएको छ ।
त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग÷करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १पोखरामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।…







