सन्देश श्रेष्ठ
पोखरा, असार १
पोखरामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा पोखरा–२७ डाँडाकोनाक आज विहान टिप्परले ठक्कर दिदा मोटरसाइकल चालक ५३ वर्षीय विष्णुबहादुर खत्रीको मृत्यु भएको हो । मृतक खत्री तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी भएको खुलेको छ ।
प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई आज बिहान करिब ११ः२५ बजे ठक्कर दिएको थियो।
ठक्करपछि गम्भीर घाइते भएका खत्रीलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा बिहान ११ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न टिपर र चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–२ साखर निवासी ३३ वर्षीय पदमबहादुर थापालाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १ गण्डकी प्रदेश सरकारले व्यवसायीक कृषिमा आकर्षित गर्नका लागि रिटर्न…







