पोखरा, असार ३
पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक विक्रेता भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा रंगशालामा आजदेखि यामाहाको ब्लु फेष्ट शुरु गरेको हो । असार १० गतेसम्म हुने ब्लु फेष्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने जनाइएको छ ।

यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर ब्लु फेष्टमार्फत एक्सचेञ्ज अफर राखिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । मेघा एक्सचेञ्ज अफरमा ग्राहकले हरेक नया बाईक खरिदमा न्यूनतम ६ हजारदेखि माथि छुट प्राप्त गर्ने उनले बताए ।
त्यस्तै, ब्लु फेष्टमा यामाहाको जुनसुकै बाईक साटफेर गर्न आएपनि न्यूनतम ५० हजार भ्यालुएसन हुने उनले बताए । उनले भने,‘यामाहाकै भयो भने न्यूनतम ५० हजार भ्यालुएसन हुन्छ । अन्य कम्पनीको भयो भने न्यूनतम २५ हजारदेखि माथि भ्यालुएसन हुन्छ ।’
ब्लु फेष्टमा आउने ग्राहकले नागरिकता मात्रै लिएर आए पनि बाईक वा स्कुटर खरिद गर्न सक्ने जनाइएको छ । ‘यामाहा लैजाऔं, नागरिककै भरमा’ अन्तर्गत विशेष फाइनान्स सुविधा दिइएको र त्यो आधा घण्टा भित्रमा हुने उनले बताए । ब्लु फेष्टको अवसरमा बाईक तथा स्कुटर खरिदमा आगामी वर्षसम्मको राजश्व कम्पनीले नै तिर्ने व्यवस्था रहेको पनि उनले जानकारी दिए । यसले ग्राहक बढी लाभान्वित हुने उनको भनाई छ ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एम.ए.डब्लु ईन्टरप्राईजेजका चिफ म्यानेजर राम बोगटीले ब्लु फेष्टको अवसरमा यामाहाको खरिदकर्तालाई फ्लेक्जिबल फाईनान्सको सुविधा प्रदान गरिएको बताए । उनले अहिलेका बाइक स्कुटरमा हाईब्रिड प्रयोग गरिएकाले तेल खपत कम हुने गरेको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ३ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको…







