पोखरामा शुक्रबार हुने ‘चङ्गा अल–स्टार फुटसल’ को तयारी पूरा, उद्घाटनमा कर्पोरेट र क्रियटर्स भिड्ने


     एभरेस्ट आवाज    
     असार ४ गते २०८३ मा प्रकाशित




चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा शुक्रबार हुने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए ।सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू ,कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायीलगायत आबद्ध ४ वटा टोलीहरूले सहभागिता जनाउँने छन् ।

उनका अनुसार रंगशालाको बहुद्देश्यीय भवनममा हुने उद्घाटन खेलमा टिम कर्पोरेट र टिम क्रियटर्सबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल आयोजक चंगा र काठमाडौंको टिम प्याराडाइमबीच प्रतिस्पर्धा हुने चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए । केसीका अनुसार निशुल्क प्रवेशको व्यवस्था रहेको सो कार्यक्रम विभिन्न स्टलहरु रहनेछन् । दिउँसो ३ बजेदेखि सुरु हुने सो इभेन्टको चंगा स्पोर्टस्बाट प्रत्यक्ष प्रशारण हुनेछ ।

चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।