पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता अन्तर्गत मालेपाटन खेल मैदानमा भएको पहिलो खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको राष्ट्रिय माविले १३ ओभरमा ४४ रन बटुलेर सम्पूर्ण विकेट गुमाएको थियो । जवाफमा बाराहीले ३.४ ओभरमा मात्र २ विकेटको क्षतिमा जित निकाल्यो ।सोही मैदानमा भएको अर्को खेलमा ताल बाराही माविले पार्दी माविलाई ३० रनले पराजित गर्यो । पहिला ब्याटिङ गर्दै ताल बाराहीले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८३ रन बनाएको थियो । जितका लागि ८४ रनको लक्ष्य पछ्याएको पार्दी मावि १३ ओभरमा ५३ रनमै समेटिन पुग्यो ।
त्यसैगरी छात्रतर्फ शुक्रराज मावि र शहीद स्मृति मावि विच भएको अर्को खेलमा शहिद मावि २ विकेटले विजयी भयो । सो खेलमा शुक्रराजका राज तामाङ प्लेयर अफ द म्याच बने । छात्रातर्फ भएको यि दुई विद्यालयको प्रतिस्पर्धामा शहिद मावि ९ विकेटले विजयी भयो । खेलमा सहिद माविका विपासा कुमाल प्लेयर अफ द म्याच बनिन् । छात्रतर्फ जनप्रकास मा विले लक्ष्मी आदर्श माविलाई ६ विकेटले पराजित गरेको छ । त्यस्तै छात्रतर्फको अर्को खेलमा बाल मन्दिरले श्रीकृष्ण माविलाई पराजित गरेको छ ।एक साता सम्म चल्ने प्रतियोगितामा छात्रतर्फ ३२ तथा छात्रातर्फ १६ सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरले जानकारी दिए ।
प्रतियोगिताको बिजेता विद्यालयका खेलाडीहरुले ६० प्रतिशत तथा उप–बिजेता टिमका खेलाडीहरुले ४० प्रतिशतको छात्राबृत्ति प्राप्त गर्ने कुँवरले जनाए । प्रतियोगिताका खेलहरु पोखरा रंगशाला क्रिकेट मैदान, मालेपाटन खेल मैदान, अम्मरसिंह खेल मैदान, लेखनाथस्थित क्रिकेट मैदानमा सञ्चालन गरिने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ५ पोखरा महानगरपालिकाले खेल पर्यटन प्रवद्र्धनका लागि ६६ लाख रुपैयाँ…







