पोखरामा विगत २५ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा हुने भएको छ ।
केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रालाई वृहत र थप व्यवस्थित बनाउन तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवं विभिन्न संघ सस्थासंग पुर्वतयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो । यसवर्ष बोलबम यात्राको २५ औं वर्ष अर्थात् रजत जयन्तीको अवसरमा विशेष कार्यक्रम समेत संचालन गरिनेछ । केदारेश्वर महादेवमणि सेवाश्रम तथा केदारेश्वर वैदिक गुरुकुल समितिका अध्यक्ष एवम पिठाधीश डाक्टर चित्घन चैतन्य महाराजले श्रावण महिनाको हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भिड लागे पनि बोलबम पैदल जलयात्रामा भक्तजन सहभागिता कम हुने गरेको बताए । हाम्रो संस्कृति, संस्कारलाई पुस्तान्तरणका लागि घरघरबाट आफ्ना बाबुनानी सहित कम्तीमा एउटा सोमबार भए पनि जलयात्रामा सहभागी हुन आम नागरिकलाई आव्हान गरे।
केदारेश्वर महादेवमणी बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर महादेवमणि बोलबम धाममा जलार्पण गरिने बताए । उनले यसको सुरुवात सँगै नेपालीहरुमा साउन महिना बार्ने चलन चलेको बताए । कार्यक्रममा समितिका मिडिया सल्लाहकार दुर्गा अधिकारीले यसवर्ष केही विद्यालयको विद्यार्थीसहित उच्च पदस्थ व्यक्तिलाई पनि सहभागी गराउन पहल गर्नुपर्ने बताईन् । विगतका वर्षहरु जस्तै यो वर्ष पनि बोलबमलाई सफल बनाउन बिभिन्न संघसंस्थाले साथ दिएका छन् । पिठाधिश चैतन्य महाराजको अध्यक्षतामा भएको तयारी भेलामा धार्मिक व्यक्तित्व मुक्तिनाथ अधिकारी, समाजसेवी शिवनारायण विजुक्छे सामुदायिक सेवा केन्द्र वैदामका अध्यक्ष ठाकुरप्रसाद बराल, महिला सञ्जाल पोखरा ६ का उपाध्यक्ष मिठु लामिछाने, मितेरी नारी समुहका अध्यक्ष सितादेवी अधिकारी, शान्तिपाटन टोल विकास संस्थाका अध्यक्ष सिता पाण्डे, पथ्वी होटल व्यवसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचन, दैविक शक्ति खोज तथा उपचार केन्द्रका सचिव प्रकाश भण्डारी, दैविक शक्ति ज्योतिष संघका अध्यक्ष पदम वस्ताकोटी, विश्व हिन्दु महासंघका जिल्ला महासचिव भुपेन्द्र गिरी, एन वि व्यवसायी समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार भुलेशकुमार लगायतले बोलेका थिए ।
भेलामा स्वागत समितिका वरिष्ठ उपाध्यक्ष मिना भट्टराई र संचालन सचिव ओमनाथ अधिकारीले गरे । भेलाले विभिन्न उपसमिती समेत गठन गरेको छ । प्रचार प्रचार संयोजकमा दुर्गा अधिकारी, प्रसाद व्यवस्थापन समितिमा तारा कुँवर र पद्मा आचार्य , आर्थिक व्यवस्थापन समितीमा रामप्रसाद वस्ताकोटी र तुमला श्रेष्ठ, स्वयंसेवक व्यवस्थापन समितिमा हरिआचार्य र तोत्र बाँनियालाई चयन गरेको छ । साथै सर्वत जल व्यवस्थापन समितिमा ईश्वरी पराजुली, स्वास्थ्य व्यवस्थापन समितिमा ओमनाथ अधिकारी, सरसफाई व्यवस्थापन समिति मुलथोक टोल विकास संस्था, टेण्ट पण्डाल व्यवस्थापनमा प्रदिप गुप्ता, पदयात्रा, बाटोमा पानी, झाँकी व्यवस्थापनमा विश्वहिन्दु महासंघ सांस्कृतिक समिति, स्काउट परिचालनमा लक्ष्मण गौतम, भेटी संकलन व्यवस्थापनमा शुशिला अधिकारी र सरस्वती पहारी रहेका छन् । मध्यान्ह पुजन सायं आरति व्यवस्थापनमा केदारेश्वर वैदिक गुरुकुल परिवार र केदारेश्वर छात्र परिषद् रहेको छ ।
त्यसैगरी पहिलो सोमबारको प्रसादको जिम्मा पश्चिमाञ्चल क्याटरिङ्ग तथा पाटी प्यालेस व्यवसायी समिति, दोस्रो सोमबारको जिम्मा शिवनारायण विजुक्छेको परिवार, तेस्रो मारवाडी समाज र चौथो सोमबारको जिम्मा एन वि व्यवसायी समितिले लिएको छ । त्यसैगरी पानी सर्वतको जिम्मा पहिलो, दोस्रो, तेस्रो र चौथो क्रमश पृथ्वी होटल व्यवसायी समिति, लायन्स क्लव अफ सुन्दर चौतारी, आर्ट अफ लिभिङ्ग परिवार र लायन्स क्लव अफ फिस्टेलले जिम्मा लिएको छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान शिव भएकाले यो दिनको शिवको उपासना विशेष मानिन्छ । अझ श्रावण महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । बोलबमको ध्वनिले, शान्ति पाऊन साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुदै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४ पोखरामा वर्षायाममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको…






