पोखरा महानगरपालिकाबाट दुई जना उत्कृष्ट कृषक सम्मानित भएका छन् ।
पोखराको शिशुवामा आयोजित २१ औं असारे रोपाइँ महोत्सवका अवसरमा महानगरले उनीहरुलाई उत्कृष्ट महानगर कृषक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेमा पोखरा–२१ मा रहेको कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञान बहादुर कार्की र पोखरा–२७मा रहेको हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का रहेका छन् । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरे । कार्यक्रममा नगर प्रमुख आचार्यले महानगरपालिका कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणसहित कृषकहरूको प्रोत्साहनका लागि सदैव तत्पर रहेको बताए ।
कृषक कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा र विभिन्न प्रकारका तरकारी बाली र पशुपालन व्यवसाय गरेका छन् । अर्का कृषक खड्काले हेब्रोन लाइभ स्टक फार्म आधुनिक र वैज्ञानिक प्रविधिमा आधारित एक नमुना दुग्ध उत्पादन केन्द्रको रूपमा सञ्चालन गरेकी छन् । परम्परागत पशुपालनलाई विस्थापित गर्दै व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सञ्चालित फार्मले जैविक सुरक्षा र दिगो कृषिको अवधारणालाई आत्मसाथ गर्दै स्थानीय स्तरमा दुग्ध आपूर्ति र रोजगारी सिर्जनामा ठुलो योगदान पुर्याएको छ ।
कुल ३२ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा उन्नत घाँस खेती र आधुनिक गोठ, दूध दुहुने विशेष स्थान, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक कक्षहरू निर्माण गरिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १४कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले सबैभन्दा बढी…






