तमु धिं नेपाल कास्की जिल्ला समिति अन्तर्गत तमु बिद्यार्थी समिति कास्की अध्यक्षमा सतिस गुरुङको अध्यक्षतामा १४ सदस्यीय सदस्यीय समिति गठन गरेको छ ।
तमु धिं नेपालमा आइतबार आयोजित भेलाल बिद्यार्थी समितिको उपाध्यक्षमा अनुष्का गुरुङ, सचिवमा सुमित गुरुङ, महिला सचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा बिनिता गुरुङ र सदस्यहरुमा आस्था गुरुङ, मेग्मा गुरुङ, एन्जिला गुरुङ, इम्प्रेस्का गुरुङ,अपिल गुरुङ, बिबेक गुरुङ, मुनाल गुरुङ, राहुल गुरुङ र सुस्मिता गुरुङ रहनुभएको छ।
नवनिर्वाचित विद्यार्थी समितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङ, कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ लगायतले खदा लगाएर बधाई ज्ञापन गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष सतिस गुरुङले तमु विद्यार्थीहरुलाई संगठित गर्ने, मौलिकता संरक्षण, साँस्कृतिक अभियान, तमु बिद्यार्थीहरुको क्षमता अभिवृद्धि साथै तमु धिंलाई सुढृढ गर्ने सक्दो पहल प्रतिवद्धतासहित जिम्मेवारी प्रदान र अभिभावकत्वकालागि तमु धिंलाई धन्यवाद व्यक्त गर्नुभयो।

तमु धिं नेपालका कोषाध्यक्ष गमबहादुर गुरुङले बधाई दिनुहुदै आर्थिक ब्यवस्थापन, परिचालनको बारेमा चर्चा गर्नुहुदै तमु धिं नेपालको तर्फबाट प्रारम्भिक कोषको लागि १५ हजार रुपैया घोषणा गर्नुभयो।
यसरी नै तमु धिं नेपाल कास्की जिल्ला समिति अध्यक्ष प्रेमबहादुर गुरुङले नवनिर्वाचित समितिलाई बधाई साथै सफल कार्यकाल शुभकामना व्यक्त गर्नुहुदै संस्था एवम सामुदायिक दायित्वका लागि बिद्यार्थीहरु संगठित आजको आवाश्यकता रहेको बताउनु भयो।
तमु, तमु जातिको अधिकार, तमु विद्यार्थी समितिको आवाश्यकता, तमु धिं नेपाल उद्धेश्यको बारेमा चर्चा गर्नुहुदै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मासबारमा रहेको स्टेप वाइ स्टेप मा.विले विज्ञान तथा व्यवस्थापन विषयका कक्षा…






