पोखरा, असार १७
पोखरा१६ निवासी स्वर्गीय सोना रानाको १०औँ स्मृति दिवसका अवसरमा पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिका लागि बिहानको भोजन दान गरिएको छ। परिवारले रानाको स्मृतिलाई सेवामूलक कार्यमार्फत जीवन्त राख्ने उद्देश्यले आश्रममा भोजन दान गरेको हो।
स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वर्गीय रानाको राजनीतिक, सामाजिक तथा पारिवारिक योगदानको स्मरण गरिएको थियो। वक्ताहरूले समाजसेवा, मानवता र सामाजिक न्यायप्रति उहाँको समर्पण अहिले पनि परिवार र समाजका लागि प्रेरणाको स्रोत बनेको बताए।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले स्वर्गीय रानाले राजनीतिक, सामाजिक तथा पारिवारिक क्षेत्रमा पुर्याएको योगदान प्रेरणादायी रहेको बताए। उनले रानाले स्थापित गरेका मूल्य, आदर्श र सेवाभावकै कारण उहाँको परिवार पनि त्यही मार्गमा अघि बढिरहेको उल्लेख गरे। रानाको जीवन समाजप्रति समर्पित रहेको भन्दै उनका विचार र कर्मले आगामी पुस्तालाई समेत प्रेरणा दिइरहने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वर्गीय सोना रानाकी बहिनी सबिना रानाले रानाको जीवनी प्रस्तुत गरेकी थिइन्। उनले बाल्यकालदेखि राजनीतिक, सामाजिक तथा पारिवारिक जीवनका विभिन्न आयामबारे चर्चा गर्दै संघर्ष, इमानदारी र सेवाभावले भरिएको जीवनयात्राको स्मरण गरिन्। रानाले समाजका विपन्न, असहाय र पछाडि परेका वर्गको हितका लागि निरन्तर काम गरेको उल्लेख गर्दै उनका आदर्श र मूल्यले परिवार तथा समाजलाई निरन्तर प्रेरित गरिरहेको बताइन्।
परिवारका सदस्य, आफन्त, राजनीतिकर्मी, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको कार्यक्रममा स्वर्गीय रानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको थियो। सहभागीहरूले स्मृति दिवसलाई औपचारिकताभन्दा पनि सामाजिक उत्तरदायित्वसँग जोड्दै मानव सेवा आश्रममा भोजन दान गरिएको कार्य अनुकरणीय रहेको बताएका थिए।
परिवारका सदस्यहरूले स्वर्गीय सोना रानाले जीवनभर आत्मसात् गरेका सेवा, त्याग र मानवीय मूल्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै सामाजिक सेवाका यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन स्वर्गीय कान्छी बहिनी ज्योति राना र धन्यवाद माईली बहिनी सन्जिता तामाङले दिएकी थिइन्। ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १७पोखरा१६ निवासी स्वर्गीय सोना रानाको १०औँ स्मृति दिवसका अवसरमा पोखरा…






