रोटरी क्लब अफ पोखरा न्युरोडले वर्ष २०२६÷२७ का अध्यक्ष रो. राजकुमार गुरुङको नेतृत्वमा गठित समितिको पदस्थापन गराएको छ ।
आफ्नो १७ औँ पदस्थापन समारोहका अवसरमा रोटरी वर्ष २०२५–२६ का अध्यक्ष अमृतराज बाँस्तोलाले अध्यक्ष गुरुङलाई औपचारिक रूपमा पद हस्तान्तरण गर्दै आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गरे । नवनिर्वाचित अध्यक्ष गुरुङले आगामी वर्षका प्राथमिकता र सेवामुखी कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ (नेपाल तथा भुटान) का डिष्ट्रिक्ट गभर्नर इलेक्ट डा. ईश्वरी प्रसाद ढकालले क्लबले विगत १६ वर्षदेखि सामाजिक सेवा, सामुदायिक हित तथा नेतृत्व विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
उनले रोटरी वर्ष २०२६÷२७ अन्तर्गत साउन २६ गतेदेखि साताव्यापी एक लाख बिरुवा रोपण अभियान, विभिन्न स्थानमा २० वटा कम्प्युटर ल्याब स्थापना, ३५ वटा ग्लोबल ग्रान्ट परियोजना सञ्चालन, दन्त स्वास्थ्य कार्यक्रम विस्तार तथा क्लबमा १० प्रतिशत नयाँ सदस्य वृद्धि गर्ने लक्ष्य रहेको जानकारी दिए । क्लबका संस्थापक अध्यक्ष रवी प्रसाद बरालले नवनिर्वाचित अध्यक्ष गुरुङको परिचय गराउँदै क्लबको स्थापना कालदेखि हालसम्मका गतिविधिबारे जानकारी गराएका थिए । त्यस्तै पूर्वअध्यक्ष रामविक्रम अधिकारीले प्रमुख अतिथि डा. ढकालको परिचय प्रस्तुत गरे ।
क्लबका प्रेसिडेन्ट इलेक्ट पुष्कराज पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा धन्यवाद ज्ञापन पूर्वअध्यक्ष गीता सिग्देलले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन क्लबका सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभासहित नवनिर्मित भवनको उद्घाटन गरिएको छ…






