पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण


     एभरेस्ट आवाज    
     असार २० गते २०८३ मा प्रकाशित




पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही समयमा सही विषय छनोट गर्न सकेमा मात्र भविश्य उज्जवल हुन्छ । बेलैमा सही विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘अबका दुईवर्ष मेहनत गरेमा विद्यार्थीको जीवन उज्जवल हुनेछ ।’विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए । कोइरालाले भने, ‘अबको दुईवर्ष कतैपनि अन्योलमा नपर्नु, अहिलेको मेहनतले तपाइँको भविश्य बन्नेछ । विद्यार्थीलाई आफुलाई सहज हुने विषय छनोट गरेर अध्ययन गरेमा परिणाम पनि आफु अनुकुल आउने उनले बताए । उनले संघर्ष गर्न सिकेको खण्डमा सफलता मिल्ने बताए ।

विद्यालयका दश जोड दुइका संयोजक देव क्षेत्रीले विद्यार्थीलाई अनुशासनमा रहन र अध्यापन गर्न सुझाव दिए । ‘भविश्य कस्तो बनाउने भन्ने तपाइँमै निर्भर छ । त्यसैले अहिलेको मेहनतले तपाँइको भविश्य बन्नेछ,’ उनले भने, ‘कसैको लहैलहैमा लागेर भन्दा आफ्ना लागि भनेर अध्ययन गर्नुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले हालैमात्र प्रकाशन गरेको कक्षा १२ को रिजल्टमा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीलाई पुरस्कृत र सम्मान पनि गरिएको थियो ।

उक्त अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पस्केका थिए । पश्चिमाञ्चल माविमा विज्ञान, मानविकी, होटल व्यवस्थापन, व्यवस्थापन र कानुन संकायमा अध्यापन हुन्छ । यसअघि नव आगन्तुक विद्यार्थीका लागि अभिमूखिकरण कार्यक्रम आयोजना गरिसकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।