राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको ग्रेडवृद्धि पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बोर्डले दिएको जानकारी अनुसार एसईईको पुरक परीक्षामा सहभागी १ लाख २९ हजार ११४ जना परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।जुन कुल सहभागीको ६४दशमलव ६९ प्रतिशत हो। बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो। परीक्षा सकिएको १४ दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो। २०८२ सालको एसईई परीक्षामा २ विषयसम्म अनुत्तीर्ण विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए।
सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेको बोर्डले जनाएको छ ।
बोर्डले ७ जना परीक्षार्थीको परीक्षा भने रद्द गरेको छ। सार्वजनिक नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस, यूएसएसडी सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार २३ गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतीमा प्रा.डा.कुसुमाकर न्यौपाने नियुक्त भएका छन्…






