पोखरा १६ र १९ अमालीबिसौंनीस्थित आवासिय पितृ उद्धार भवन परिसरमा वृक्षरोपण गरिएको छ ।
संरक्षण आमा समुह र अमलीबिसौंनी धोविनी पाटन टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा केरा, निवारो,डुम्री,धुपी, पाखुरी, पारिजातलगायतका बिभिन्न प्रजातिका ५० भन्दा बढी विरुवा रोपिएको हो । पितृ उद्धार क्षेत्रलाई वातावरणिय दृष्टिकोणले हरियाली बनाउन र क्रियाकर्मका लागि आवश्यक पर्ने फुल तथा पातका लागि पनि वृक्षरोपण गरिएको टोल विकास संस्थाका सल्लाहकार होमबहादुर खड्काले जानकारी दिए । टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापाले आमा समुहका अध्यक्ष पार्वती बस्नेतलाई विरुवा हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेका थिए । अध्यक्ष थापाले पवित्र स्थललाई थप व्यवस्थित बनाउन र परम्परागत वोट विरुवाको संरक्षणका लागि पनि वृक्षरोपण महत्वपुर्ण कार्य भएको बताए ।
उनले यस कार्यले पितृहरूको स्मरण मात्र नभई वातावरण संरक्षण समेत हुने स्पष्ट पारे । आमा समुहका अध्यक्ष बस्नेतले विरुवा रोपेर मात्र नहुने बताउँदै, यसको नियमित गोडमेल र संरक्षणमा जोड दिईन् । आमा समुह र टोल विकासमा संलग्न सदस्यको सहभागीता रहेको कार्यक्रममा संस्थाका सल्लाहकार होमबहादुर खड्का, शुक्ला साहित्य प्रतिष्ठानका पुर्व अध्यक्ष हरिबहादुर बरुवाल, आमा समुहका पुर्व अध्यक्ष लक्ष्मी श्रेष्ठ,समाजसेवी लोकबहादुर थापा, व्यवसायी मञ्जित राईलगायतले संस्थाले वातावरण संरक्षण्को क्षेत्रमा उदाहरणिय कार्य गरेको भन्दै प्रशंसा गरे ।
दुवै संस्थाले पितृ उद्धार भवन परिसरलाई थप व्यवस्थित बनाउन नियमित रुपमा बिभिन्न कार्यक्रम गर्ने जनाएका छन् । स्थानीयको सहयोगमा विगत ३ बर्षदेखि त्यहाँ आवासिय पितृ उद्धार भवन संचालनमा आएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ…






