जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ ।
काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गरे । यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।
नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल आइसियुबाट निकाल्न नहुने सुझाव दिएका थिए ।उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी गरेका छन्। अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै अस्पतालमा सर्वसाधरण र सञ्चारकर्मीको भीड लागेको हो । भीड नियन्त्रणका लागि प्रहरी वृत्त जनसेवा र प्रहरी परिसर काठमाडौंबाट ठूलो संख्यामा प्रहरी खटिएको छ । यसैबिच नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए। दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ…






