विद्यालयस्तरिय कविता प्रतियोगितामा युगम रिजाल प्रथम


     एभरेस्ट आवाज    
     असार २८ गते २०८३ मा प्रकाशित




नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औं जयन्तिको अवसरमा पोखराको बाटुलेचौरमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ।

भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा १६ को आयोजनामा भएको प्रतियोगितामा चिसाखोला वेद विद्याश्रमका युगम रिजाल प्रथम, विन्ध्येश्वरी माध्यमिक विद्यालयकी स्वस्तिका खेडा द्वितीय तथा गण्डकी बोर्डिङ स्कुलकी आकांक्षा सुवेदी तृतीय भएका छन्।त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालयकी सुस्मिता आचार्य र केएफ माध्यमिक विद्यालयका आदर्श पौडेलले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रम संयोजक सिर्जना थापाले जानकारी दिईन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रभा कोईरालाले नेपाली साहित्य र भाषाको वृहत्तर विकासमा आदिकवि आचार्यको योगदान अतुलनिय रहेको बताईन् । उनले साहित्य सिर्जनाले व्यक्तिमा हुने कवित्व भावलाई उजागर गर्ने बताईन् ।

मञ्चका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष नरहरि भट्टराई, सल्लाहकारहरू विन्ध्यवासिनी माविका प्रअ कृष्णप्रसाद आचार्य, समाजसेवी चित्र थापा, उषा बरुवाल, दुर्गा केसी थापा, नरनाथ भट्टराई, कार्यक्रम संयोजक सिर्जना थापालगायतले आदिकवि भानुभक्त आचार्यको कृतित्व तथा व्यक्तित्वको चर्चा गरेका थिए । सहभागी विद्यार्थीको मुल्यांङ्कन कवि रामबहादुर बानियाँ ,कुञ्जराज थापा र इन्दु भट्टराईले गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष संजय बस्नेतले स्वागत र संचालन सचिव भीमबहादुर गायकले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।