गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण


     एभरेस्ट आवाज    
     असार २८ गते २०८३ मा प्रकाशित




पोखरा १३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसहित अभिमुखीकरण दिईएको छ ।

विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी र अभिभावक अभिमुखीकरण गराएका थिए । गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै गएको बताए । उनले विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी हुन र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे ।

विद्यालयकी प्रिन्सिपल मञ्जू सापकोटाले विद्यालयले एसइई र एसएलसीमा शतप्रतिशत नतिजा हासिल गर्नुका अलावा जीवनोपयोगी सिप र नेतृत्व क्षमता विकासमा ध्यान दिएको बताइन् । कक्षा १२ का विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रममा कक्षा ११(१२ की संयोजक वर्षा गुरुङ, शिक्षक अखिलेश्वर भण्डारी, कक्षा १२ की छात्रा स्वेच्छा विश्वकर्मा, कक्षा ११ की छात्रा दीपिका भुजेललगायतले बोलेका थिए । कक्षा १२ का साजन सुनार र विद्या गुरुङको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुतिहरू राखेका थिए ।

हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा गण्डकी आदर्शबाट सहभागी पहिलो वर्षका सहभागी विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।