पोखरा, असार २९ —
टल्कने क्रिस्टललाई बहुमूल्य वस्तु भन्दै करोडौं रुपैयाँमा बिक्री गरिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूले आफूहरूसँग रहेको टल्कने क्रिस्टललाई विशेष प्रकारको बहुमूल्य पदार्थ भएको दाबी गर्दै उज्यालो बनाउने, पानीलाई जमाउने तथा फूलको कोपिलालाई तुरुन्तै फूल बनाउने जस्ता झुटा प्रदर्शन गरेर विश्वास दिलाउने गरेका थिए। त्यसपछि उक्त क्रिस्टलको मूल्य अर्बौं पर्ने शुरुमा १० लाख रुपैयाँ ठगेर लग्नुका साथै थप २० लाख मागेका थिए । मागेको रकम नदिदा डर, त्रास देखाई धम्काउने गरेको प्रहरीको भनाई छ ।
सोहि विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतको टोलीले आइतबार बिहान पोखरा महानगरपालिका–२८ कालिकास्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट टल्कने क्रिस्टल जस्तो देखिने २ थान वस्तु, काठको बक्स २ थान, मोबाइल फोन ५ थान तथा विभिन्न सामान बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा पोखरा–२६ का डिलबहादुर बुढाथोकी, रुकुमपूर्वका दिपक गोतामे (२१), पोखरा–२८ का प्रेमचन्द्र विश्वकर्मा (४५), पर्वत फलेवासका राजन विश्वकर्मा (३५), एपीएफमा कार्यरत रोशनी सुनार (२१), खैसरा सुनार रहेका छन्। उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी…






