आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ ।
गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २ः०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। २५ वर्षीय मण्डललाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको ८० प्रतिशत बढी भाग जलेको थियो ।
मण्डलले गत शुक्रबार आत्मदाहको प्रयास किन गरेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।उनको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले दुःख व्यक्त गरेका छन्। सिंहले अथक प्रयासका बाबजुद मण्डललाई बचाउन नसकिएको बताएका छन्। यो सँगै एक हप्ताको बिचमा आत्मदाहको प्रयास गरेका तिनै जनाको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन…





