म्याग्दीको भगवती युवा क्लव,राखुले खुला महिला तथा पुरुष बास्केटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
पहिलो पटक जिल्ला बाहिर आयोजना हुन लागेको प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालाको कभर्ड हलमा हुने जनाईएको छ । थ्री वाइ थ्रीको आधारमा संचालन हुने प्रतियोगितामा पुरुष तर्फ १५ र महिला तर्फ ५ टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक सुलभ मल्लले जानकारी दिए । प्रतियोगितामा कास्की, तनहुँ,म्याग्दी,काठमाण्डौं, पर्वत लगायतका जिल्लाबाट टोली सहभागि हुने बताईएको छ ।पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक मल्लले खेलका माध्यमबाट युवाहरुमा आपसी भाइचारा अभिवृद्धी गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेले नगद ४२ हजार २२२, ट्रफी, मेडल,दोस्रो हुनेले २२ हजार २२२, ट्रफी, मेडल तथा महिला तर्फ प्रथमले २५ हजार २२२सहित ट्रफी, मेडल र दोस्रो हुनेले १५ हजार २२२ साथै ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । क्लवले विगतका बर्षदेखि नै राखु भगवती मन्दिरमा वडादशैं मेला संचालन गर्दै आईरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





