नेपाल शिक्षक संगठन कास्कीले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका शिक्षकलाई सम्मान गरेको छ ।
संगठन कास्कीको सम्पन्न जिल्ला परिषद्का अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्नुका साथै सांगठनिक प्रशिक्षण समेत दिईएको छ । सम्मानित हुने शिक्षकमा चुमानसिंह गुरुङ, निर्मला अधिकारी भण्डारी, मधुसुदन सापकोटा, राधा आचार्य सिग्देल, युवराज आचार्य, मणिराज परियार छन् । त्यस्तै शर्मिला भट्टराई, सुरजमोहन पोखरेल, राधादेवी बराल, घनश्याम सुवेदी, ओमप्रकाश गुरुङ, रामबाबु पौडेल, सुरेश गुरुङ, नारायणप्रसाद पौडेललाई पनि सम्मान गरिएको हो । उनीहरुलाई संगठन राष्ट्रिय समितिका पूर्व अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव लक्ष्मण शर्मा,संगठनका राष्ट्रिय समितिका उपाध्यक्ष जंगबहादुर गर्बुजालगायतले सम्मान गरे ।कास्कीका सबै पालिकाको प्रतिनिधित्व हुने गरी उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको संगठनले जनाएको छ ।
कार्यक्रममा जिफन्टका महासचिव शर्माले शिक्षक संगठन वृहत ट्रेड युनियनमा जानुको विकल्प नभएको बताए ।सहभागि शिक्षकलाई प्रशिक्षण दिदैं उनले शिक्षक संगठनको अवको बाटो एकीकृत ट्रेड युनियनतर्फ जान पर्ने उल्लेख गरे । उनले अहिलेको नयाँ अवस्थामा २०६५ सालमा ट्रेड युनियनमा दर्ता भएको शिक्षक संगठनलाई खारेज सम्भव नभएको दाबी गरे ।संगठनका राष्ट्रिय समितिका उपाध्यक्ष गर्बुजाले सबै नेता तथा कार्यकर्ताले काम र कर्ममा विश्वास गरे संगठन चलायमान हुने बताए । उनले पेशागत सुरक्षा र बृद्धि विकासको लागि संगठन सक्षम र सुदृढ बन्न पर्ने बताए । उनले क्षमता र योग्यतालाई कार्य क्षेत्रमा प्रर्दशन गरेर आम शिक्षकको मनोवल उकास्नमा लाग्न निर्देशन दिए ।
कार्यक्रममा शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, शिक्षक संगठन कास्कीका अध्यक्ष तीर्थराज ढकाल, संगठन कास्कीका पूर्व अध्यक्ष जगन्नाथ अधिकारी, पोखरा महानगरका अध्यक्ष यमनारायण लामिछाने, नेपाल शिक्षक महासंघ कास्कीका सचिव हर्कबहादुर लामिछाने लगायतले सार्वजनिक शिक्षाको बारेका बोलेका थिए । परिषद्ले संगठनका सचिव दामोदर तिमिल्सिनाले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष माधव पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सुधार सहित पारित गरेको छ ।
वर्तमान अवस्थामा शिक्षकको पेशागत सुरक्षाको लागि सुदृढ बनाउन नेपाल राष्ट्रिय शिक्षक संगठनले ट्रेड युनियनलाई एकिकृत तथा वृहत ढंगले अगाडि बढाउने प्रस्ताव गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ३२ पोखरामा अवैध भरुवा बन्दुक राख्ने २ जना पक्राउ परेका…





