साङ्केतिक तस्विर
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित पाँच प्रदेशका केही स्थानमा आज राति धेरै भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा भने वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने जनाइएको छ।
रातिको समयमा पनि देशभर बदली कायम रहने र अधिकांश पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
अविरल वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहिरो, बाढी र डुबानको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक तथा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य…





