भोजपुरका सिडिओ अब पोखराका प्रमुख प्रशासकिय अधिकृत


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाउने भएको छ ।

यसअघिका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्याल काठमाडौं महानगरपालिकामा सरुवा भएसँगै यो पद खाली रहेको थियो । करिब दुई साताको रिक्तता पछि नयाँ प्रमुख प्रशासकिय अधिकृतका रुपमा राजन पौडेल आउने भएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी रहेका पौडेल केही दिनभित्रै पोखरा आएर पदभार ग्रहण गर्ने स्रोतले जनाएको छ ।

अर्याललाई दुई साता अघि सरकारले काठमाण्डौं सरुवा गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।