पोखराको सडकमा दौडिए, जनप्रतिनिधि र आमाहरु


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८३ मा प्रकाशित




पोखराको सडकमा जनप्रतिनिधिहरु नै दौडिंएका छन् ।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार पोखरामा जनप्रतिनिधिसहित बिद्यार्थी छात्र÷छात्रा र महिला ÷पुरुष एक साथ दौडिएका हुन् ।

मञ्चले पोखरा महानगरपालिका भित्रका पुरुष तथा महिला जनप्रतिनिधिहरु,पोखरा १५ का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड गरेको थियो मञ्चले आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्ने दौंडको १९ औँ श्रृंखला पोखरा १५ मा आयोजना गरेको रेस डाइरेक्टर एबम मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । पोखरा १५ स्थित ढुङ्गेसाँघु शिवमन्दिर चोकबाट शुरु भएको दौड सोहि वडाका बिभिन्न ठाउँहरु परिक्रमा गरि सोहि ठाउँमा आएर समापन भएको हो । दौडमा ५ किमि पुरुष जनप्रतिनिधि तर्फ वडा २० का गन्जमान गुरुङ पहिलो, त्यस्तै वडा १९ का विकासकुमार आचार्य दोस्रो र वडा ७ का वडा अध्यक्ष राममोहन आचार्य तेस्रो भए ।

त्यस्तै महिला जनप्रतिनिधि तर्फ वडा ७ कि सुनिता सुनार पहिलो, वडा १ कि शोभा गुरुङ दोस्रो र वडा १५ कि मन्दिरा परियार तेस्रो भइन् ।आमा दौड तर्फ स्यानिपाटन आमा समुहकि सृजना गुरुङ पहिलो,अलका पुर आमा समुहकि चाँदनी थापा दोस्रो र ढुङ्गेसाँघु आमा समुहकि पुष्षा वानियाँ तेस्रो भइन् ।छात्रा तर्फ मन कुमारी लामा पहिलो,रोश्नी राई दोस्रो,कविता मगर तेस्रो हुदा,छात्र तर्फ सक्क्षम भुजेल पहिलो,सन्दिप नेपाली दोस्रो र रोनल थापा तेस्रो भए । खुला महिला दौड बिधामा नितु तामाङ पहिलो,सञ्जिता श्रेष्ठ दोस्रो,एलिसा अधिकारीले तेस्रो स्थान प्राप्त गर्न सफल भइन् ।त्यस्तै दौडमा महेन्द्र बहादुर बोगटी पहिलो,महेन्द्र मगर दोस्रो हुदा,सुजन थापले तेस्रो स्थान प्राप्त गर्न सफल भए ।आमा समुह दौडमा ८० बर्षकि प्रेम कुमारी थापाले पनि ३ किमि दौड पुरा गर्न सफल भएकी छन्।

बिजेताहरुलाई पोखरा महनगरपालिका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाट,पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर वानियाँ,वडा ९का वडा अध्यक्ष दीपेन्द्र मर्सानी,वडा १ वडा अध्यक्ष सहारा प्रधान,पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सका अनु तिवारी, प्रहरी तालिम केन्द्रका एस एस पि सजय सिह थापा, मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ,निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, प्रथम उपाध्यक्ष खेम गुरूङ, द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिना, सचिव महेश पौडेल लगाएतले मेडल, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।

सो कार्यक्रममा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स, पोखरा महानगरपालिका वडा नं १५, वडा नं ७, जिल्ला खेलकुद विकास समिति र हरियोखर्क अस्पताल सहयोगि संस्थाको रुपमा रहेका थिए । यस अघि असार ६ गते वडा नं. १ मा मञ्चले १८ औँ श्रृङखला अन्तगर्तको दौड प्रतियोगिता आयोजना गरेको थियो । २० औं श्रृंखलाको दौड प्रतियोगिता भदौको पहिलो हप्ताको शनिवार भूपू सैनिकहरु बिच हुने मञ्चले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।