पोखरा । भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रजत पदक जितेकी खेलाडी बिनु जिटीलाई गण्डकी प्रदेश शारीरिक सुगठन सङ्घले सम्मान गरेको छ।
१५५ सेन्टिमिटरभन्दा माथिको उचाइ समूहमा दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेकी जिटीलाई सङ्घले नगद पाँच हजार ५ सय रुपैयाँ, खादा र मालासहित सम्मान गर्दै बधाई ज्ञापन गरेको हो।
सम्मानपछि जिटीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धिको कदर हुनु गौरवको विषय भएको बताइन्। यस्ता सम्मानले खेलाडीको मनोबल बढाउनुका साथै अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने उल्लेख गर्दै उनले अन्य खेलाडीलाई पनि उपलब्धिका आधारमा सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रममा सङ्घका सल्लाहकार जीवन घिमिरे र सदस्य देव भारतीले शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा लुम्बिनी प्रदेशमा सम्पन्न प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका सङ्घका कोषाध्यक्ष शिशिर थापालाई पनि सम्मान गरिएको थियो।
सङ्घका अध्यक्ष प्रकाश पौडेलले गण्डकी प्रदेश सरकारको चालु बजेटमा शारीरिक सुगठन सङ्घलाई समावेश नगरिएकोप्रति ध्यानाकर्षण गराउँदै खेलकुद क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताए। उनले आगामी दिनमा उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रमको सञ्चालन महासचिव महेश कुमार श्रेष्ठले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







