पोखरा, २ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ रहनुुभएको छ ।
त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा निर्वाचित बन्नुुभएको छ ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गाउँ पर्यटनको विकासका माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास गर्न सकिने बताउनुुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ भिटोफ गण्डकी विभिन्न पर्यटकीय गाउँको प्रवद्र्धन र विकासमा लागेको बताउनुभयो ।
भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गाउँलाई शहरसँग र शहरलाई गाउँसँग पर्यटकीय रुपमा जोड्ने लक्ष्यका साथ संस्था स्थापना भएको बताउनुुभयो । समग्र गाउँको विकास गाउँ पर्यटनबाट गर्न सकिने उहाँले बताउनुुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भिटोफसँगको सहकार्यमा गाउँ पर्यटन मार्टदेखि पर्यटन प्रवद्र्धन र विकासका विभिन्न कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी एनम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराई, संस्थाका सल्लाहकार एवम् नेपाल पर्यटन बोर्डका पूूर्व सदस्य टिकाराम सापकोटा, पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेल, होमस्टे समिति पोखरा महानगरपालिकाका इश्वरी पोखरेल, सचिव लक्ष्मण पहारी, भिटोफ केन्द्रका अध्यक्ष हरिशरण थपलिया, माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, सल्लाहकार दीपेन्द्र पहारी, रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले गाउँ पर्यटनको महत्व र सम्भावना बारे बोल्नुभएको थियो ।
कार्यक्रमका अवसरमा पत्रकारिताका माध्यमबाट गाउँ पर्यटनको विकासमा उत्कृष्ट योृगदान पु¥याएको भन्दै रासस बागमती प्रदेश प्रमुख वासुदेव पौडेललाई नगद ११ हजार १११ रुपैयाँ सहित, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । उक्त अवसरमा संस्थाका आजीवन सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ साउन सामाजिक सेवा, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश प्रवाह…





