सिद्धार्थ क्लवले मानव सेवा आश्रममा मनायो बार्षिकोत्सव


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०८३ मा प्रकाशित




सिद्धार्थ क्लव, पोखराले मानव सेवा आश्रममा पुगी आफ्नो ४२ औं बार्षिकोत्सव मनाएको छ ।

मानविय सेवामा सर्मपित क्लवले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकाल देखि बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । उनले क्लवले मानव सेवा आश्रम छोरेपाटन र हेम्जालाई गर्दै आइरहेको आर्थिक एवं भौतिक सहयोगले आश्रम सञ्चालनमा सहयोग पुगेको विश्वास गर्दै आगामी दिनमा पनि सम्बन्ध निरन्तरताकोे प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरि मानवसेवा आश्रम जिल्ला संयोजक सम्झना बर्ताैलाले मानव सेवा आश्रम बारे जानकारी दिदै क्लवले गर्दै आएको मानव कल्याणकारी कार्यको प्रशंसा गरिन । आश्राममा आयोजित कार्यक्रमको संचालन क्लवका सचिव प्रमोद नारायण श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।