पदयात्राका क्रममा सम्पर्कविहीन भएका पोखराका तीन युवाको उद्धार


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०८३ मा प्रकाशित




मर्दी हिमाल पदयात्रामा सम्पर्कविहीन भएका तीन जना युवाको सकुशल उद्धार गरिएको छ ।

३ दिनअघि पोखराबाट मर्दी हिमालको पदयात्रामा गएका पोखरा १४ का करण लामा, अजित जिसी र युकेश गुरुङलाई बिहिबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले मोदी खोला किनारबाट उद्धार गरेको हो ।पहिला करण केसीलाई उद्धार गरेको टोलीले त्यसपछि अजित जिसी र युकेश गुरुङलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुलाई मोदी खोलाको अप्ठ्यारो खोँचबाट सुरक्षाकर्मीले डोरी र फड्केको सहयोगमा उद्धार गरेका थिए ।उद्धारका लागि तीनै तहका १७ जनाको टोली परिचालन गरिएको थियो । बुधबार बिहान ८ बजेसम्म परिवारसँग सम्पर्कमा रहेका उनीहरु बाटो बिराएर पछि माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडाको जंगलमा अलपत्र परेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।