आगामी असोजदेखि फ्लाई दुबईको नियमित उडान गर्ने तयारी भएपछि लेखनाथका कृषकहरु पनि उत्साहित भएका छन् ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कृषि क्षेत्रको विकास, उत्पादनको बजारीकरण तथा किसानका समस्या समाधानका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले नियमित उडानले पर्यटनको मात्र नभई यस क्षेत्रमा उत्पादित कृषि उपजको पनि बजार विस्तार हुने अपेक्षा गरे । उनीहरुले पोखरा महानगरपालिकाले ब्रान्ड गरेका जेठो बुढो चामल र उखुबाट उत्पादित खुदोजस्ता स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने, वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण गर्ने तथा कृषि उत्पादनलाई पर्यटनसँग जोड्न सुझाव दिएका छन् । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, कृषि आधुनिकीकरण महाशाखा कास्कीका प्रमुख गोविन्द श्रेष्ठ, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, व्यवसाय प्रवद्र्धनका प्रमुख नवराज अधिकारी, अलसामान इन्टरनेसनलका प्रोपाइटर कल्याण घिमिरे, संघका पूर्वअध्यक्ष बाबुराम गिरी तथा कृषि व्यवसाय प्रवद्र्धन उपसमिति संयोजक कविराज खनाल, दयाराम तिवारीलगायतले धारणा राखेका थिए।
स्थानीयले कृषि उत्पादनको बजार सुनिश्चित गर्ने, प्रशोधन उद्योग स्थापना गर्ने, किसानलाई व्यवसायसँग जोड्ने, बाँझो जमिनको व्यावसायिक उपयोग गर्ने तथा स्थानीय उत्पादनको खपत बढाउने विषयमा पनि धारणा राखेका थिए । त्यस्तै किसानलाई मल, बीउ तथा कृषि प्रविधि सहज रूपमा उपलब्ध गराउने, सहुलियतपूर्ण कृषि कर्जा तथा कृषि बीमाको पहुँच विस्तार गर्ने, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, स्थानीय तथा रैथाने बालीको संरक्षण र व्यावसायीकरण गर्ने विषयमा सुझाव दिएका छन् ।
पोखरा महानगरपालिकाका वडा नं. २६ देखि ३३, रूपा गाउँपालिका र मादी गाउँपालिकाका कृषि सञ्जालमा आबद्ध पदाधिकारी तथा कृषकहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१३, आर्वा विजयपुरस्थित विजय आधारभूत विद्यालयमा क्यान्सर सचेतना तथा निःशुल्क…






