विजयपुर खोलामा बेपत्ता एक बालकको शव फेला


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०८३ मा प्रकाशित




कास्कीको विजयपुर खोलामा तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ।

गत शनिबार विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका २ बालकहरू मध्ये १४ वर्षीय निक्सन गुरुङको शव फेला परेको हो । उनको शव घटनास्थल भन्दा डेढ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडभित्र फेला परेको प्रहरीले जनाएको छ ।पोखरा –१४, छिनेडाँडा बस्ने गुरुङको शव उनका आफन्तले पहिचान गरेका हुन्।फेला परेको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।बेपत्ता भएका अर्का बालक १५ वर्षीय ओमन राईको खोजी कार्य जारी रहेको छ।

खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमान्डमा तीन जना गोताखोरसहित ११ जनाको टोली खटिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।