सिटिजन फर्निचरका दिपक कार्कीले विपद् राहतका लागि प्रधानमन्त्री कोषमा दिए रु १ लाख ११ हजार १११


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८३ मा प्रकाशित




पोखरा, १० भदौ २०८३।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिटिजन फर्निचर एण्ड फर्निसिङ, न्यूरोडका सञ्चालक युवा उद्यमी दिपक कार्कीले रु १ लाख ११ हजार १११ सहयोग गरेका छन्।

कार्कीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उनले हिमालयन बैंक लिमिटेड, प्रधान कार्यालयमा रहेको ‘PRIME MINISTER DISASTER RELIEF FUND’ को खातामा हस्तान्तरण गरेका हुन्।

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीबाट ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्य जारी छ ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्यसमेत भइरहेको छ। प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल गरिएको छ।

विपद्को यस कठिन अवस्थामा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने उद्देश्यले आफूले सहयोग गरेको कार्कीले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।