देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पोखराको चिप्लेढुंगामा रहेको जी एण्ड के एजुकेशन कन्सलटेन्टले आर्थिक सहयोग गरेको छ।
कम्पनीले हालैको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित रसुवा र तल्लो तटीय क्षेत्रका समुदायका लागि रु. १ लाख ११ हजार १११ सहयोग गरेको संचालक राजन पन्थीले जानकारी गराएका छन् । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्का कारण समस्यामा परेका परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल राहतस्वरूप उक्त रकम प्रदान गरिएको उनले बताए ।
जी एण्ड के एजुकेशन कन्सलटेन्टले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट सहयोग जारी राख्ने जनाएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार भदौ ११ गते विहिबार एनएमबी बैंकमार्फत रु. १,११,१११ रकम सहयोग गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको…





