भोटेकोशी बाढी पीडितलाई जिल्ला खेलकुद विकास समितिको एक लाख सहयोग


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ १६

जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी पीडितको लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । जिल्ला खेलकुदले अध्यक्ष मिलन गुरुङसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको एक वर्षसम्मको भत्ता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । जम्मा गरेको रकमको भौचर जिल्ला खेलकुदले कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई हस्तान्तरण ग¥यो ।

समितिका अध्यक्ष मिलन गुरुङले समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एक वर्षसम्मको बैठक भत्ता बाढी पीडितलाई सहयोग गर्ने निर्णय भएअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताए । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेका हौं’–उनले भने ।

अध्यक्ष गुरुङले विपदका कारण दुःखमा परेका नागरिकको साथमा हामी पनि छौं है भनेर हातमा हात र साथमा साथ दिनका लागि सहयोग गरिएको बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीले राहत सहयोगसँगै पोखरा रंगशालाको भौतिक संरचना निर्माण, संरक्षण, सरसफाइ तथा व्यवस्थापनमा काम गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।