राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै करिब तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको जानकारी दिईन् ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।प्रभावित क्षेत्रमा ३७ ट्रक र ३७ वटा साना सवारीमार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको जानकारी दिइएको छ । त्यस्तै हेलिकप्टरबाट समेत प्रभावित परिवारका लागि राहत सामग्री पु¥याइएको छ ।
प्राधिकरणका अनुसार बाढी प्रभावित १५ पालिकालाई हालसम्म सरकारले रु छ करोड ७५ लाख नगद राहत निकासा गरेको छ । रसुवा, नुवाकोट र धादिङमा इन्धन तथा सञ्चार सेवा पुनः सञ्चालनका लागि समेत आवश्यक व्यवस्थापन भइरहेको जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री भएका छन् । प्रदेश…







