भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमकी आमा भगवती गौतमको अचानक ब्रेन हेमरेजका कारण निधन भएको छ।
तत्काल अस्पताल पुर्याई शल्यक्रियासहित सम्भव सबै उपचारका प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको परिवारले जनाएको छ।
गौतमको पार्थिव शरीर अस्पतालबाट पोखरा–१५, फलेपाटनस्थित निवासमा ल्याई परम्पराअनुसार पाठ–परायणसहित अन्तिम संस्कारपूर्वका धार्मिक कार्यहरू सम्पन्न गरिएको छ।
उहाँको आज बिहान ८:०० बजे पोखरा–१५ फलेपाटनस्थित निवासबाट फूलबारी रिसोर्टभन्दा तल रहेको सीताघाटमा अन्तिम संस्कार गरिने नाताले भगवती गौतमको भाइ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दानकारी दिनु भयो ।
परिवारमा श्रीमान कृष्ण गौतम, छोरी लक्ष्मी, छोराहरु गोविन्द, कमलनयन र शिवसहित बुहारी, नाति–नातिनी रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिदैं गर्दा चुनावी सरगर्मी पनि निकै बढेको…








