नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको मंगलबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले सम्पन्न नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाई पदस्थापन गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए । कार्यक्रमममा बोल्दै नेसनल प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष याम खड्काले एन प्याब्सनको गरिमालाई उचाईमा पु¥याउन नयाँ समिति कटिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।‘तपाईहरु बौद्धिक हुनुहुन्छ, तपाईहरुलाई समाजले हेर्ने दृष्टीकोण पनि छुट्टै हुन्छ’ उनले भने, ‘आफ्नो बौद्धिकतालाई सहि ठाउँमा प्रयोग गरेर संस्थाको गरिमालाई उचाईमा पु¥याउन सि·ो टिम भूमिका ठूल रहने छ।’ नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष रामबहादुर मोचीले निजि विद्यालयलाई स्थापित गर्न यहाँहरुको भूमिका महत्वपूर्ण रहने बताए । ‘राज्यलाई निजि विद्यालयको आवश्यकता छ, निजि विद्यालय त्यहि माथि एन प्याब्सनमा आवद्ध विद्यालयमा नै बच्चा किन पढ्न पठाउने भन्ने नमूना पेश गर्न यहाँहरुको भूमिका अतुलनिय रहने छ’ उनले भने,‘यो अभियानमा नयाँ समितिको सिं·ो टिम कटिवद्ध भएर लाग्ने मैले विश्वास लिएको छु ।’
नेसनल प्याब्सन कास्कीका अध्यक्ष मनकाजी गुरुङले एन प्याव्सन कास्कीको गरिमालाई जोगाउनका लागि आफ्नो सिंगो टिम लागि पर्ने प्रतिवद्धता जनाए । ‘संस्थाका अग्रज र साथीहरुको सहयोगले नै यो समिति निर्विरोध निर्वाचित भएको छ’ उनले भने, ‘अग्रजहरुको सल्लाह र साथीहरुको साथ सपोर्टबाट नै वाकी रहेका कामहरु पुरा गर्नेछौ ।’ नेसनल प्याब्सन कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य तथा निर्वाचन समिति सदस्य युवक लामिछानेले गरेका थिए ।सर्वसम्मत निर्वाचित समतिको अध्यक्षमा मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल, सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका) र मनोनित सदस्य हेम रानाभाट रहेका छन् ।
त्यस्तै गरी लेखा समिति संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा गगन गुरुङ रहेका छन् । एन प्याब्सन कास्कीको पहिलो बैठकले अतिरिक्त क्रियाकलाप प्रमुखमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुमा दिपु भारी र हेम रानाभाट चयन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि ३ वटा कृति छनोट भएका छन् ।…





