डागर स्मृति पुरस्कार युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ २६

डागर स्मृति पुरस्कार–२०८३ युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने भएको छ । समाजसेवी तथा पुस्तक व्यवसायी राजन प्रासर (डागर)को स्मृतिमा स्थापित सो पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका युवा उद्यमी आदित्य पोखरेललाई प्रदान गरिने भएको हो । संस्थाका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सर्वसम्मत रुपमा पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

२० हजार नगद राशिसहितको पुरस्कार राजन प्रासर डागरको २५ औं स्मृतिको दिन यहि भदौ ३१ गते ऋषिपञ्चमीको दिन अर्पण गरिने प्रतिष्ठानकी संस्थापक रमा प्रासरले जानकारी दिईन् । कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा हुने उनले बताईन् ।

यसअघि यस पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमलकुमार गुरुङ, समाजसेवा तथा संस्कृति सेवातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवारसमेत पुरस्कृत भइसकेका छन् ।

पछिल्लो समय संस्थाले युवा पुस्तालाई प्रोेत्साहित गर्ने क्रममा राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा, स्वास्थ्यसेवी डा तुलिका दुवे, युवा पाइलट दीक्षान्तजंग राणा, युवा उद्यमी भाष्कर उपाध्याय, राहुल उपाध्याय पनि पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।