पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिलाई बुद्ध विशाल बजारको बधाई तथा शुभकामना


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८३ मा प्रकाशित




बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगाएत कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष शोभा गौतमले आफ्नो जित सम्पुर्ण व्यवसायीको जित भएको बताउँदै संघको ७२ वर्षको ईतिहासमा एउटी चेलीलाई अध्यक्षको जिम्मेवारी दिनुभएकोमा सम्पुर्ण व्यवसायी साथीहरूलाई धन्यवाद दिएकी थिइन् । गौतमले आज महिलाहरूको महानपर्व हरितालिका तिजको अवसरमा एउटा चेलीलाई बुद्व विशाल बजार व्यापारिक एशोसियसनले जुन बधाई तथा सम्मान गरेकोमा आफुलाई माईति घरको झल्को आएको बताईन । अध्यक्ष गौतमले व्यवसायीलाई परेको समस्या समाधान गर्न आफू चौविसै घण्टा तयार रहेको बताउदै एशोसियसनका उपाध्यक्ष मनोहरी पौडेललाई उत्कृष्ट मत सहित पोखरा उधोग वाणिज्य संघको सदस्यमा बिजयी बनाएकोमा बुद्व विशाल बजार व्यापारिक एशोसियसन परिवारलाई बधाई दिइन् । ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले पोखरा उद्योग वाणिज्य संघले गर्ने हरेक राम्रा कामको साथमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसन रहेको बताउँदै उद्योग वाणिज्य संघको ७२ वर्षको ईतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएकोमा गर्व लागेको बताए । खत्रीले आफू पोखरा उधोग वाणिज्य संघको कार्यसमितिमा रहदा साँस्कृतिक समितिमा मनोनयन गरेकी बहिनी शोभा गौतमको काँधमा पोखरा उधोग वाणिज्य संघको जिम्मेवारी आएकोमा आफुलाई गर्व लागेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष दिनेश बास्तोलाले व्यावसायिका घर वहाल कर लगाएत विभिन्न करका समस्याहरू रहेको बताउँदै व्यावसायीको हकहितका लागि नेपाल सरकार लगाएत पोखरा महानगरपालिका साथै विभिन्न संघ सस्थासंग सहकार्य गर्दै काम गर्ने बताए।बास्तोलाले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले जुन सम्मान गरेको छ, त्यसको लागी धन्यवाद दिँदै व्यवसायीहरूलाई फुटेर हैन जुटेर काम गर्न आग्रह गरे।

एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरको अध्यक्षतामामा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा पोखरा उधोग वाणिज्य संवका नव निर्वाचित सदस्य मनोहरी पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन एशोसियसनका महासचिव थमन सिह गुरूङले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।