पोखरा — सहारा क्लब पोखराले २८औँ वार्षिकोत्सवमा पत्रकार रोहितराज पराजुली एवं परिवारलाई सहारा पत्रकारिता पुरस्कार २०८२ प्रदान गरेको छ।
क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०८२ बाट सदस्य सिद्धान्त थापा मगरलाई सम्मान गरेको छ। त्यस्तै, कक्षा १२ उत्तीर्ण सदस्य प्रविण श्रेष्ठकी छोरी आस्था श्रेष्ठ र MBA उत्तीर्ण कार्यसमिति सदस्य शैलेश गुरुङलाई शैक्षिक सम्मान प्रदान गरेको छ।
विशेष समारोहमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ्ग प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। हिमश्री फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश के.सी. र पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्सानी विशेष अतिथि थिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ बाट प्राप्त ब्रदर्स कलर प्रिन्टर वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको…





