ढोर फिरफिरे तमु समाजद्वारा दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५६ हजार सहयोग


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०८३ मा प्रकाशित




पोखरा, ३१ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ढोर फिरफिरे तमु समाज, पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ५६ हजार ५१५ सहयोग गरेको छ ।

समाजका सदस्यहरूले स्वैच्छिक रूपमा रकम संकलन गरी ‘सेवा नै धर्म हो’ भन्ने अभियानअन्तर्गत उक्त सहयोग प्रदान गरिएको समाजका अध्यक्ष सुवेदार नन्दलाल गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाजले २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

बाढी तथा प्राकृतिक विपत्तिमा परी अझै बेपत्ता नागरिकहरूको शीघ्र खोजतलास तथा उद्धारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समाजले दिवंगतप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।