भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।
गत भदौं १० गते आएको विनासकारी बाढीले प्रभावित बनेकाहरुको उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशमा रहेका बिभिन्न संघ संस्थासहित व्यक्तिहरुले पनि रकम जम्मा गरेका छन् । पोखरामा पनि सामाजिक संघ संस्थादेखि व्यक्ति स्वयंले स्वतस्फुर्त स्पमा रकम जम्मा गरेका हुन् । पोखरा १६ बाटुलेचौरस्थित चण्डिका आमा समुहले पनि बाढीपीडितको सहयोगार्थ ५१ हजार १६० रुपैयाँ प्रदान गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको समुहका अध्यक्ष संगीता केसी खत्रीले जानकारी दिईन् । चाडपर्वमा मनोरञ्जनात्मक कार्यक्रम गर्नुको साटो, पीडामा परेका परिवारलाई राहत स्वरुप सानो सहयोग गरेको अध्यक्ष खत्रीले बताईन् ।
त्यस्तै महेन्द्र गुफास्थित जनजागरण आमा समुहले पनि बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ २५ हजार ५ रुपैयाँ जम्मा गरेको छ । चाडपर्वमा रमाईलो कार्यक्रम स्थगीत गरी सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको अध्यक्ष ओममाया नेपालीले जानकारी दिईन् । दलित महिलाहरूको नेतृत्वमा स्थापित उक्त समुहले विपद्को घडीमा पीडित नागरिकहरूको दुःखमा साथ दिनु नै सच्चा मानवता हुने भन्दै तीज पर्वका लागि छुट्याइएको रकम राहतका लागि उपलब्ध गराएको जनाएको छ। समूहले चाडपर्वलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा समेत उपयोग गरेको अध्यक्ष नेपालीले बताईन् ।
बाढीपछि देश नै शोकाकुल बनेको भन्दै पीडित परिवारलाई प्रभावित क्षेत्रमै पुगेर राहत हस्तान्तरण गर्ने क्रम पनि बढिरहेको छ । भोटेकोशी बाढीमा परि हालसम्म १ हजार ४ सय बढी शव भेटिएका छन् भने ४ हजार बढी अझै वेपत्ता छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ…






