सृजनामा नेपाली कविता प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज २ गते २०८३ मा प्रकाशित




पोखरा–८, सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलमा नेपाली कविता प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा कक्षा ११ र १२ विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीहरूबीच भएको प्रतियोगितामा कक्षा ११ विज्ञान समूहकी छात्रा प्रतिष्ठा सुवेदीले प्रथम स्थान हासिल गरेकी छन् भने कक्षा ११ व्यवस्थापन समूहकी छात्रा मेनुका पौडेलले द्वितीय स्थान हासिल गर्न सफल भएकी छन् । त्यसैगरी कक्षा १२ व्यवस्थापन समूहकी छात्रा सुस्मिता ढकालले तृतीय स्थान हासिल गरेकी छन् भने कक्षा १२ विज्ञान समूहकी छात्रा सन्ध्या चापागाईं र कक्षा ११ व्यवस्थापन समूहकी छात्रा रीतिका तिवारीले संयुक्त रूपमा चौँथो स्थान हासिल गर्न सफल भएका छन् ।निर्णायकमा विष्णुप्रसाद सुवेदी र ज्योति चालिसे रहेका थिए । कार्यक्रममा विद्यालयका मा.वि (११ र १२) इन्चार्ज दुर्गाप्रसाद अधिकारी, १०+२ तर्फका भाइस प्रिन्सिपल हेमराज तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयको नेपाली विभागका प्रमुख विष्णु प्रसाद सुवेदीको संयोजकत्व तथा कक्षा १२ विज्ञान समूहकी छात्रा योजना माझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कक्षा १२ विज्ञान समूहकी छात्रा रस्मिता श्रेष्ठ र कक्षा ११ विज्ञान समूहकी छात्रा मल्लिका क्षेत्रीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।