पोखराको पुरञ्चौरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ ।
संविधान दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी, पोखरा १९ उपशाखाको आयोजना र प्राकृतिक स्रोत व्यवस्थापन कलेजको समन्वयमा भएको कार्यक्रममा पहिलो पटक रक्तदान गर्नेको अधिक सहभागिता रहेको थियो । कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी, कास्की शाखाका सभापति उर्मिला खड्काले पहिलो रक्तदाता रविन चौलागाईंलाई ब्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरिन् । उनले मानव जीवनलाई निरोगी र तन्दुरुस्त बनाउन नियमित रुपमा रक्तदान गर्नु आवश्यक रहेको बताईन् । सभापति खड्काले हालै भोटेकोशीमा आएको विनासकारी बाढीले ठुलो मानवीय क्षति भएको बताउँदै, उद्धार र राहत वितरणमा रेडक्रसले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताईन् ।
उपशाखा सभापति रमेश विश्वकर्माले उपशाखाले गरेका कामहरुको चर्चा गर्दै, जिल्ला समितिसँग समन्वय गर्दै, मानवीय सेवाका कामलाई निरन्तरता दिएको बताए । कार्यक्रममा जिल्ला उपसभापति रमा कोईराला,विपद् व्यवस्थापन संयोजक सविन जिसी, जिल्ला सदस्य नवराज पौडेल,प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रशासकिय अधिकृत दीपेन्द्र पौडेल, पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्य, कार्यक्रम संयोजक श्यामसुन्दर आचार्यलगायतले रक्तदानका विविध पक्षका बारेमा बोलेका थिए ।
उपशाखा सभापति विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति लक्ष्मी अधिकारी र संचालन सचिव माधव गौतमले गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग प्रादेशिक रक्त संचार केन्द्र र एम्बुलेन्स सहयोग नवआदर्श सामुदायिक विकास समाजले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रेशमराज थापा चयन भएका छन् ।…






