६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा वडा कार्यालय पोखरा १९ ले बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
वडा बाल मञ्चको संयोजनमा वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिच कविता बाचन,चित्रकला, हिसाब दौडप्रतियोगितालगायतका कार्यक्रम गरिएको वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए ।कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी कविता बाचनमा विन्द्येश्वरी माविकी सुनिता विक प्रथम, भारती भवनकी प्रसन्ना आचार्य द्वितीय,महेन्द्र माविकी निमिषा सुनार तृतीय भए । त्यस्तै कक्षा ९ र १० तर्फको प्रतियोगितामा विन्द्येश्वरीकी स्वस्तिका खड्का प्रथम, भारती भवनकी दिपा जैसी द्वितीय र महेन्द्र माविका सुदीप पौडेल तृतीय भए ।
हिसाबदौड प्रतियोगितामा भूमेश्वर आधारभूत विद्यालयका आरोन पौडेल प्रथम, अकला आधारभूत विद्यालयका रोशन पुन द्वितीय र आमाको डे केयर मन्टेश्वरीका बिनम अधिकारी तृतीय भएका छन् । चित्रकला तर्फ विन्द्येश्वरी मावि आयुषा आचार्य प्रथम,भारती भवनकी दृष्टि अधिकारी द्वितीय र धारा आधारभूत विद्यालयकी अनमिका अधिकारी तृतीय भए । उत्कृष्ट विद्यार्थीलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा सदस्यहरू विकास कुमार आचार्य, दुर्गादेवी बस्नेत, नवराज केसी र कल्पना सुनारले पुरस्कारसहित प्रमाणपत्र वितरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान, सिर्जनशीलता, आत्मविश्वास र आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताए ।
कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठानका पुर्व अध्यक्ष इन्दु भट्टराई, वडा सचिव झंकनाथ पौडेल,कवि सिर्जना थापालगायतले बालबालिकालाई पढाईको अलवा सिर्जनात्मक कार्यमा लाग्न सुझाव दिए । वडा बाल मञ्च, पोखरा १९ का अध्यक्ष आयुस नेपालीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा कर्पोरेट पुरुष, बिद्यार्थी छात्र÷छात्रा, खुला÷महिला ÷पुरुष ५ किलोमिटर, आमा समुह र…






