ब्याडमिन्टनको उपाधि ग्लोबल कलेजियटलाई, प्रतिभा उपविजेता


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०८३ मा प्रकाशित




कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा आयोजित २२ औं इन्द्रबहादुर गुरुङ मेमोरियल अन्तर स्कुल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोवल कलेजियट स्कुलले जितेको छ ।

प्रतियोगितामा पालिखेचोकको प्रतिभा मावि उपविजेता बनेको छ । आइतबार भएको फाइनल खेलमा ग्लोवलले १४ र प्रतिभाले ९ अंक बटुलेको थियो । मासवारको मदरल्याण्ड मावि तेश्रो भएको थियो । प्रतियोगितामा पोखरामा विभिन्न ४१ वटा विद्यालयले प्रतिश्पर्धा गरेका थिए । ती विद्यालयका छात्रातर्फका ४२ र छात्रतर्फ १ सय ३ टोली सहभागि भएका थिए । प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरुङले विजयी भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र दिएका थिए ।

कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले विद्यार्थीमा खेल प्रतिश्पर्धाको भावना विकास गराउनका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको बताए । प्रतियोगितामा प्राथमिक तहदेखिका विद्यार्थीले सहभागिता जनाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।