विन्ध्येश्वरी आदर्शमा कलर सेलिब्रेशन कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०८३ मा प्रकाशित




पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरूमा रङहरूको पहिचान, सिर्जनात्मकता र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले रातो रङका विभिन्न पोशाक तथा सामग्री प्रयोग गरी सहभागिता जनाएका थिए । उनीहरूले रातो रङसँग सम्बन्धित विभिन्न वस्तुहरूको पहिचान गर्दै गीत, नृत्य तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी भए भने फलफूल, खेलौना तथा अन्य सामग्री समेत प्रदर्शन गरेका थिए ।पूर्व प्राथमिक तहकी शिक्षिका लक्ष्मी रसाइलीको संयोजनमा भएको कार्यक्रममा कक्षा नर्सरी देखि दुईसम्मका विद्यार्थीहरु सहभागी थिए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिकाइसँगै मनोरञ्जन, आत्मविश्वास र सामूहिक सहभागिताको भावना विकास गर्न सहयोग पु¥याएको विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले बताए । सधैँ कापी र किताबमा चित्रका रुपमा देखिएका वस्तुहरु आफ्नो अगाडी प्रत्यक्ष रुपमा प्रर्दशन गराई रातो रङ्गका सामान पहिचान गर्न सक्ने र सजिलै रङ्ग चिन्न सक्ने क्षमताको विकास गर्न कार्यक्रम सफल भएको विद्यालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।