वि.सं.२०८२ सालको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ डा. नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ लाई प्रदान गरिने भएको छ ।
कविडाँडा साहित्य समाज, चितवनले बुधबार जारी गरेको विज्ञप्ति अनुसार भाद्र २३ मा सार्वजनिक गरेको उत्कृष्ट तीन आख्यानबाट कवि निहारिकाको उपन्यास राजमातालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिमध्येबाट एक कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।तीन उत्कृष्ट आख्यान कृतिहरूमा क्षितिज समर्पणको तोरकीन, सीमा आभासको महायुग र नीलम कार्की निहारिकाको राजमाता परेको थियो । राजमाता उपन्यासले तत्कालिन समाजमा महिलाप्रति रहेको परम्परागत धारणालाई प्रस्तुत गरेको छ । उपन्यासमा परम्परागत धारणालाई चुनौती दिदैं महिलाहरुले राज्य संचालनमा निर्वाह गरेको प्रभावशाली भुमिकालाई पनि सशक्त रुपमा चित्रण गरेको छ ।
पुरस्कार छनौट विधिमा तीन उत्कृष्ट आख्यान घोषणा गर्दै, एक कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको समाजका अध्यक्ष एल.बी क्षेत्रीले जानकारी दिए । पुरस्कारको राशि २ लाख रुपैयाँ र कदरपत्र रहेको छ। पुरस्कार तिहारपछि उपयुक्त मिति तथा स्थानमा अर्पण गरिने समाजले जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे…






