पोखराका विद्यालयमा आज र भोलि बिदा


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित




पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज ८ गते र भोलि ९ गते बिदा दिने निर्णय गरेको छ।
महानगरपालिकाले पूर्वसावधानीस्वरूप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले बिदाको अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत महानगरपालिकाले अनुरोध गरेको छ।
महानगरपालिकाले विपद्को सम्भावित जोखिमका बेला सुरक्षा नै पहिलो प्राथमिकता भएकाले सबैलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।