पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ८ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म चितवनको पृथ्वीराजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकिएको बताए । निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधन रोक लगाइएको उनले बताए । बिहानको अवस्था हेरेर थप सूचना गरिने उनको भनाइ छ ।
यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा आज जारी सूचनामा यात्रु र सवारी चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्णपालना गर्न आग्रह गरिएको छ । रासस

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी…






