रेनोभा हस्पिटलको रक्तदान, ३६ युनिट रगत सङ्कलन


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८३ मा प्रकाशित




पोखरा । पोखरा–६, बैदाम हल्लनचोकस्थित रेनोभा हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बाढीपहिरो तथा सक्रिय मनसुनका कारण समस्यामा परेका बिरामीलाई रगतको आवश्यकता पर्न सक्ने भन्दै प्रतिकूल मौसमका बाबजुद रक्तदान कार्यक्रम आयोजना गरेको हस्पिटलका प्रबन्ध निर्देशक डा. भुपेन्द्र शर्माले बताए।
रेडक्रस सोसाइटी कास्की रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष डा. डार्विन लामिछानेको सभापतित्व र पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको प्रमुख आतिथ्यता थियो।
रेनोभा हस्पिटलमा विशेषज्ञ चिकित्सक तथा नर्सबाट उपचार तथा स्वास्थ्य सेवा उपलब्ध हुँदै आएको छ। हस्पिटलमा आधुनिक ल्याब, एक्स–रे तथा सुविधायुक्त कोठा र क्याबिनको व्यवस्था रहेको हस्पिटलले जनाएको छ।
स्थानीयसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई स्वास्थ्य उपचार र उपचारपछिको सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पोखराको पर्यटकीय क्षेत्रमा लक्षित गरी हस्पिटल सञ्चालन गरिएको बजार व्यवस्थापक नवराज कोइरालाले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।